Section 25
धितोको सम्पत्तिमा धितोको हकको आबद्धता
(१) देहायको अवस्थामा मात्र धितोको सम्पत्तिमा धितोको हक आबद्ध भई सो सम्पत्तिका सम्बन्धमा धितो दिने व्यक्ति र तेश्रो पक्षविरुद्ध त्यस्तो हक चलन चलाउन सकिनेछः– (क) धितोको सम्पत्तिको विवरण उल्लेख गरी धितोसम्बन्धी सम्झौता भएकोमा, (ख) धितो लिने व्यक्तिले धितो दिने व्यक्तिलाई मूल्य दिएकोमा, र (ग) धितो दिने व्यक्तिसँग धितोको सम्पत्तिउपर अधिकार रहेको वा निजमा त्यस्तो धितोको सम्पत्ति धितो लिने व्यक्तिलाई हस्तान्तरण गर्न सक्ने अधिकार रहेकोमा । (२) अन्यथा सहमति भएकोमा बाहेक धितोको सम्पत्तिमा रहेको धितोको हकको आबद्धताले यस ऐनबमोजिम धितो लिने व्यक्तिलाई त्यस्तो धितोको सम्पत्तिबाट लाभ प्राप्त गर्ने धितोको हक प्रदान गर्नेछ ।